१५ बैशाख २०८२, सोमबार
Header

आज जनबहाः द्यः (सेतो मच्छिन्द्रनाथ) लाई हनुमानढोका लगिने (भिडियो)


प्रकाशित: आइतवार, २४ चैत्र २०८१, १०ः३० बजे
- महानगरखवर

काठमाडौँ । जनबहाःद्यः (सेतो मच्छिन्द्रनाथ)को रथयात्रा आज आइतवार असनबाट सुरु हुने छ । 


हिजो शनिवार साँझ करिब ५ बजेतिर जनबहाःद्यःलाई जमलको तीनधारा पाठशालाबाट रत्नपार्क, भोटाहिटी हुँदै असन लगि राखिएको थियो । 


रथयात्राको दोस्रो दिन साँझ आज असनबाट बालकुमारी इन्द्रचोक, मखन हुँदै हनुमानढोका दरबार परिसरसम्म पुर्‍याइन्छ  ।


जनबहाःद्यःलाई हिजो यसरी लगियो असन

 

 


रथयात्राको तेस्रो दिन हनुमानढोका, मरु, चिकंमुगल जैसीदेवल हुँदै लगन पुर्‍याए पछि रथायात्रा सम्पन्न हुनेछ ।

 
हरेक वर्ष चैत्र शुक्ल अष्टमी चैते दसैँदेखि सेतो मच्छिन्द्रनाथ  रथयात्रा सुरु हुन्छ । रथयात्रको सुरुवात राजा शिवसिंह मल्लले ने.स. ७०८ देखि भएको मानिन्छ ।


 

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex