१२ भाद्र २०८३, शुक्रबार
Header

आज गणतन्त्र दिवश, औपचारिक कार्यक्रममै सिमिति


प्रकाशित: मंगलबार, १५ जेठ २०७५, १०ः१५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भएको १० बर्ष पुरा गरी ११ बर्षमा आज प्रवेश गर्दैछ ।

 
२०६२÷६३ को जनआन्दोलन सफल भएपछि गठित संसदको ०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपाललाई औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको थियो ।

 
सरकारले गणतन्त्र दिवशमा बिदा दिँदै आएकोमा यस बर्ष कटौती गरेको छ । विगतमा मनाईने गणतन्त्र दिवशमा खासै जनउत्साह नदेखिएपछि सरकारले आजको विदामा कटौती गरी कार्यक्रमलाई औपचरिक रुपमा सिमित गरेको छ ।

 
राजधानीको टुँडिखेलमा सरकारले एक औपचारिक कार्यक्रम गरी गणतन्त्र दिवश मनाउने भएको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखलगायत सहभागी हुँदैछन् ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex