११ भाद्र २०८३, बिहिबार
Header

आज काठमाडौं उपत्यकामा ५१ जना कोरोना संक्रमित थपिए


प्रकाशित: सोमवार, १९ श्रावण २०७७, १६ः४० बजे
- महानगरखबर

काठमाडौं । आज काठमाडौं उपत्यकामा ५१ जना कोरोना संक्रमित थपिएको छ ।

 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौंमा ४३ जना, ललितपुरमा ३ जना र भक्तपुरमा ५ जना संक्रमित थपिएको हो । 


सोमबार थप ४ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । 


योसँगै हालसम्म कुल संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ । विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ३ सय ५८ जना कोरोनामुक्त भई डिस्चार्ज भएसँगै हालसम्म १४ हजार ९ सय ६१ जना कोरोनाबाट निको भएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex