काठमाडौं । आज काठमाडौं उपत्यकामा २०५ जना कोरोना संक्रमित थपिएका छन् ।हिजो मात्रै काठमाडौं उपत्यकामा १६८ थपिएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३८, ललितपुरमा ५०, भक्तपुरमा १७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै उपत्यकामा २३३८ पुगेको छ ।
आज १०१६ जना कोरोना संक्रमित थपिएको हो । कुल संक्रमित संख्या २८ हजार २५७ पुगेको छ ।
Categorized in राष्ट्रिय