१५ बैशाख २०८१, शनिबार
Header

आज काठमाडौंका यी स्थानहरुमा २ बजेपछि ट्राफिक अबरोध हुने


प्रकाशित: बुधवार, १६ पुष २०७६, ११ः१० बजे
- महानगरखवर

काठमाडौं । सरकारले आज (बुधवार) नेपाल भ्रमण बर्ष २०२० को भव्य उद्घाटन गर्ने कार्यक्रम छ  ।


त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उदघाटन समारोह दिउँसो २ बजेपछि हुने भएकोले आज काठमाडौंको ट्राफिक व्यवस्थापनमा समस्या देखिने भएको छ । 


महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बाजागाजा, विभिन्न सांस्कृतिक झाक्री सहित ¥याली ठमेलबाट ‍सुरु हुने र रंगशाला पुगेर उद्घाटन समारोहमा सामेल हुने कार्यक्रम रहेको छ । 


सो क्रममा ¥याली थापाथली, त्रिपुरेश्वर, कालिमाटी, शहिद गेट, जमल, केशरमहल क्षेत्रमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधन नचलाई वैकल्पिक रुट प्रयोग गर्न महासशाखाले अनुरोध गरेको छ ।


उदघाटन समारोहमा जाने सर्वसाधारणका लागि काठमाडौं मलअगाडि टुँडिखेलमा पार्किङ स्थल तोकिएको पनि ट्राफिक प्रहरीले जनाएको छ ।


‘भिजिट नेपाल २०२०’ को उद्घाटन कार्यक्रम पौने ५ घण्टासम्म हुनेछ । 


राष्ट्रपति विद्यादेवी भण्डारीले भिजिट नेपाल २०२०को उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य राख्नेछन । 


उद्घाटन कार्यक्रममा बाजा सहित रंगशालामा भिजिट नेपाल २०२० को मानव साङ्लो बनाइनेछ । पौने पाँच बजे कुटुम्बको संगीतमा विभिन्न संघ संस्थाले परेड गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन मन्तव्य राख्ने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रम राती ८ बजेसम्म चल्ने छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD