२७ बैशाख २०८१, बिहिबार
Header

आज काठमाडौंका यी स्थानहरुमा विद्युत आपुर्ति बन्द हुने


प्रकाशित: शनिवार, ८ बैशाख २०८१, ०८ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंका विभिन्न स्थानहरुमा विद्युुत आपूर्ति बन्द हुने विद्युत प्राधिकरणले जनाएको छ । 


प्राधिकरणका अनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जोरपाटी वितरणक केन्द्रको मूलपानी फिडर अन्तर्गत बाबाचोक, मूलपानी चउर, मिलन चोक, फुयाल गाउँ, तिवारी टोल, गोकर्ण फरेस्ट रिसोर्ट, थली लगायतका स्थानमा बत्ति हुँदैन । 


जोरपाटी वितरण केन्द्रको मुलपानी फिडरमा लाइन सिफ्टिङ तथा केबल परिवर्तनका लागि बिजुली काटिने भएको छ । 


त्यसैगरी, डांछी फिडर तथा रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडर अन्तर्गत पर्ने विभिन्न स्थानहरूमा बिजुली काटिने भएको छ । 


डांछी फिडर अन्तर्गतका शिवचोक, अर्याल गाउँ, दक्षिणढोका, होटल नोर्लिङ,ग्रिनहिल सिटी लगायतका क्षेत्रमा बिहान १० बजेदेखि मध्याह्न साढे १२ बजेसम्म विद्युत अवरूद्ध हुनेछ ।


रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडर अन्तर्गत पर्ने पानीट्यांकी, अनामनगर पूर्वी गेट हुँदै हनुमानस्थान, सिंहदरबार दक्षिणगेट हुँदै अन्नपूर्ण न्युरो अस्पताल, प्रभु बैंक अगाडि धोवीखोला हुँदै सेतोपुल, मैतीदेवी जालीकारखाना, घट्टेकुलो, गोरखा एफएम लगायतका क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD