२० बैशाख २०८१, बिहिबार
Header

आज कांग्रेसको मतदान


प्रकाशित: सोमवार, २७ मंसिर २०७८, ७ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसको चौधो महाधिवेशनबाट नयाँ नेतृत्व चयनको लागि सोमवार विहान मतदान हुँदैछ । 


केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने छ । मतदानका लागि तीन मतदान केन्द्र कायम गरिएको छ । 


राष्ट्रिय सभागृहमा दुईवटा र भृकुटीमण्डपमा एउटा बुथ कायम गरिएको निर्वाचन समितिले जनाएको छ । मतदान केन्द्रमा करिब एक हजार एक सय बुथ व्यवस्था गरिएको छ । 


महाधिवेशनमा ४ हजार ७ सय ४३ जनाले मतदानको लागि सहभागी हुने छ । 


एक सभापतिका लागि हुने मतदानमा ५ जना,  दुई उपसभापतिका लागि ७, दुई जना महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD