४ बैशाख २०८१, मंगलबार
Header

आज एघार सयले सुनको मूल्यमा बृद्धि


प्रकाशित: शुक्रवार, २४ बैशाख २०७८, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । शुक्रवार सुनको मूल्यमा एक हजार एकसयले रुपियाँले बृद्धि भएको छ । 


आज छापावाल सुन प्रतितोला ९१ हजार सात सय रुपैयाँ पुगेको छ । बिहीबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।


तेजाबी सुनको मूल्‍य ९१ हजार दुई सय रुपैयाँ तोकिएको छ । बिहीबार छापावल सुनको कारोबार मूल्य ९० हजार एक सय रुपैयाँ प्रतितोला थियो ।


चाँदीको मूल्‍य पनि तोलामा १५ रुपैयाँ मात्रैले बढेको छ । हिजो १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्‍य आज १३३० रुपैयाँ तोकिएको छ ।


नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अन्तराष्ट्रिय बजारमा बढेको मूल्‍यका कारण नेपाली बजार पनि प्रभावित भएको हो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD