काठमाडौं । मंगलवार कोरोना भाईरसविरुद्धको खोप एक लाख २८ हजार ६५० जनाले लगाएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०१ खोप बुथहरुबाट ७७ जिल्लामा उक्त संख्यामा खोप लगाएको हो ।
बागमती प्रदेशमा ४५ हजार ३४५, लुम्बिनी प्रदेशमा १७ हजार ९७९, प्रदेश १ मा १७ हजार २८७, गण्डकी प्रदेशमा १६ हजार २७०,प्रदेश २ मा १६ हजार १७३, सुदुरपश्चिमा ८ हजार ९३६ र कर्णाली प्रदेशमा ६ हजार ६६० जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १४ गतेदेखि कोभिड– १९ खोप अभियान शुभारम्भ गरेका थिए ।
Categorized in स्वास्थ्य