१६ चैत्र २०८०, शुक्रबार
Header

आज एकै दिनमा १६ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ७५ पुग्यो


प्रकाशित: आईतवार, २१ बैशाख २०७७, १९ः५० बजे
- महानगरखबर

काठमाडौं । नेपालमा आज (आईतवार) १६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


मन्त्रालयका अनुसार बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि भएको छ । यस अघि आजै नेपालगञ्जमा ९ जना संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । 


यो सँगै नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ भने नेपालगञ्जमा एकै दिन कोरोना संक्रमितको संख्या १६ पुगेको छ । 


केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । 


पर्साको वीरगञ्जमा पनि एक जना कोरोना संक्रमित भेटिएको थियो । 
 

 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD