काठमाडौं । आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झरेको छ । पछिल्लो रेकर्ड अनुसार यो बर्षकै सबैभन्दा जाडो हो ।
मौसमविदका अनुासर बंगालको खाडीमा दक्षिण–पश्चिम क्षेत्रमा ‘फेथई’ नाममो समुन्द्र आँधीले नेपालमा यसको प्रभाव परेको हो ।
सो समुन्दी आँधीको कारण नेपालमा आज र भोलि देशको पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली हुने र केही भागहरुमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविदको भनाई छ ।
त्यसैगरी, उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम खालको हिमपात पनि हुनेछ ।
Categorized in राष्ट्रिय