२४ बैशाख २०८१, सोमबार
Header

आजसम्म सुनका असर्फी र चाँदीका सिक्का किन्न पाईने, ४३ हजार थान विक्री 


प्रकाशित: शुक्रवार, २३ कातिक २०८०, १०ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारको लागि विक्री सुरु गरेको सुनका असर्फी र चाँदीको सिक्का खरिद गर्ने आज अन्तिम दिन हो ।


कातिक १९ गतेबाट २४ गते शुक्रवासम्मको लागि काठमाडौंको बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागले सुनका १० ग्राम, ५ ग्राम र २.५ ग्रामका सिक्का (असर्फी) तथा चाँदीका १० ग्राम र २५ ग्रामका सिक्का (मेडालियन) बिक्री गर्दै आएको छ ।


विभागका अनुसार पाँच दिनको अवधिमा सुन र चाँदीका ४३ हजार थान सिक्का बिक्री भएको छ । 


धनतेरसमा लक्ष्मीको पूजा गर्दा सुन–चाँदीका सिक्का राखेर पूजा गर्ने चलन छ । राष्ट्र बैंकका कर्मचारीहरुका अनुसार विगतका वर्षहरुमा भन्दा यस वर्ष सुन–चाँदीका सिक्काको माग बढी छ ।


यस वर्षको तिहारको धनतेरस आज परेको छ । यस दिन तिहारको किनमेल गर्नु उपयुक्त मानिन्छ ।


सिक्काको विक्री नेपाल सुनचाँदी व्यवसायीले सार्वजनिक गरेको मूल्य अुनसार निर्धारण गरिने बैंकले जनाएको छ । 


विहिवार १० ग्राम सुनको असर्फीको मूल्य एक लाख ४ हजार ८० रुपियाँ थियो भने २५ ग्राम गाई अंकित चाँदीको मेडालियन सिक्काको मूल्य चार हजार रहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD