काठमाडौं । आजबाट काठमाडौं महानगरले ३ दिन महानगर दिवश विभिन्न कार्यक्रमका साथ मनाउँदै छ ।
मंसिर २७, २८ र २९ गते मनाईने महानगरको पहिलो दिन विहान दशरथ रंगशालमा मेयर ११ र प्रमुख प्रशासकीय ११ बिच मैत्रीपूर्ण फूटबल म्याच हुने भएको छ ।
काठमाडौं महानगरभित्र विभन्न ४० स्थानमा सर्वेक्षण बुथ राखेर महानगरको सहरी सेवा र स्थानीय सरकार वारे सुझाव लिने छ ।
महानर प्रवक्ता तथा कामपा १५ वडा अध्यक्ष ईश्वरमान डंगोलले २७ गते विहान ८ः३० बजे दशरथ रंगशालामा मेयर भर्सेस र प्रशासनिक कर्मचारी विच मैत्रीपूर्ण फूटवल हुने, २७ र २८ बृहत स्वास्थ्य परीक्षण गरी गते कोभिड परिक्षण एंव खोप दिईने, जेष्ठ नागरिकहरुलाई मंसिर २९ गते विहान बसन्तपुरमा निःशुल्क निमोनिया खोप प्रदान गरिने जानकारी दिए ।
त्यसैगरी सम्पदा क्षेत्रमा सरसफाई, २७ र २८ गते ‘सांस्कृतिक सहर, काठमाडौं महानगर’ विषमा वक्तृत्व कला र निबन्ध प्रतियोगीता गरिने भएको छ ।
मंसिर २९ गते बसन्तपुरमा एघार बजे विशेष कार्यक्रमका र सम्मानका साथ परम्परा गतबाजा गुरुहरु र इन्द्रजात्राका अवसरमा निकालिने पुलिकीसि, दीप्याख, लाखे, आकाश भैरव र श्री करुणामय पँय्ताः बाजाका गुरुलाईलाई रु ३० हजार नगदसहित सम्मान पत्र प्रदान गरिने छ ।
सो अवसरमा पाँच वटा वडालाई उत्कृष्ट वडाको रुपमा घोषणा गर्ने र सम्मान गरिने, उत्कृष्ट दुई जना जनप्रतिनिधि र दुई जना कर्मचारीलाई ‘जनकमान श्रेष्ठ सुशासन पुरस्कार’ प्रदान गरिने छ भने ५ जना जनप्रतिनिधि र पाँच जना कर्मचारीलाई एक लाख राशीको ‘स्थानीय सेवा गौरब पदकबाट सम्मान गरिने कार्यक्रम रहेको छ ।
त्यसैगरी करास सेवामा कार्यरत ५ जना कर्मचारीलाई पनि २५ हजार नगदसहित सम्मान गरिने भएको छ । कार्यक्रममा नियमित करदाता तथा सबैभन्दा बढि कर तिर्ने करदातालाई सम्मान गरिने छ ।
पत्रकारिताको माध्यमबाट महानगरपालिकाको गतिविधिलाई नियमित रुपमा प्रकाशन तथा प्रशारन गर्ने १० जना पत्रकारहरुलाई पनि नगदसहित सम्मान गरिने छ ।
सो अवसरमा प्रवक्ता डंगोलले महानगरले अहिले सम्म गरेका विकासका कार्यहरु बारे पनि पढेर सुनाएका थिए ।
Categorized in स्थानिय