७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

आजबाट (साफ) यु–२० च्याम्पियनसिप सुरु, नेपाल–श्रीलंका भिड्दै


प्रकाशित: आइतवार, २ भाद्र २०८१, १०ः१५ बजे
- महानगरखवर

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप आइतवार (आज) देखि सुरु हुँदैछ । 


सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे पहिलो खेल समूह ए मा रहेका नेपाल–श्रीलंकाविच सुरु हुने अखिल नेपाल फुटवाल संघ (एन्फा) ले जनाएको छ ।


६ टोली सहभागी प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकासँग खेल्न लागेको हो । 


लगातार दोस्रोपटक प्रतियोगिता आयोजना गरिरहेको नेपाल यसपटक उपाधि जित्ने लक्ष्यमा छ ।


नेपाली टोली कुशल देउवाको कप्तानीमा खेलाडीहरु मैदानमा उत्रिन लागेको हो । मैदान नेपाली टोलीमा यसपटक डिभिजन लिग र एनएसएल खेलेका खेलाडीहरू हुँदा टिम अनुभवी बनेको छ । 


यस्तै राष्ट्रिय टिमबाट खेलिसकका फरवार्ड समिर तामाङ पनि टिममा छन । समूह ए मा नेपाल र श्रीलंकासहित बंगलादेश छ भने साविक विजेता भारतसहित भुटान र माल्दिभ्स समूह बी मा छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex