काठमाडौँ । बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाईसेन्स) आजदेखि खुला गरेको छ ।
दशै अघि बन्द गरिएको लाईसेन्स आवेदन यातायात व्यवस्था विभागले शुक्रावार बिहान १० बजेदेखि अनलाइन फाराम खुला हुने जनाएको छ ।
काठमाडौं उपत्यकामा भक्तपुरको जगाती, स्वयम्भुको ठूलो भ¥याङ, चावहिल सुकेधरा, एकान्तकुनामा गरी चारवटा कार्यालयमार्फत पनि अनलाइन आवेदन भर्न सकिने छ ।
चारवटै कार्यालयबाट, बाइक, स्कुटर र काररजीपका लागि आवेदन दिन सकिने विभागले जनाएको छ ।
आवदेकले अनलाइन आवेदनको लागि विभागको वेबसाइटमा गएर आवेदन दिन सकिनेछ । यातायात व्यवस्था विभागले देशैभर लाइसेन्सको फारामका लागि अनलाइन अनिवार्य गरिसकेको छ ।
अहिले करिब ६ लाखले ट्रायल परीक्षा पास गरेर पनि स्मार्ट लाइसेन्स पाउन सकेका छैनन् ।
Categorized in प्रबिधि