काठमाडौं । सरकारी कार्यालय आज (विहिवार) देखि विहान १० बजेदेखि ४ बजेसम्म मात्र खुल्ने भएको छ ।
जाडो समयमा सरकारी कार्यालयको दैनिक सेवा समय एक घन्टा कम हुने प्रावधान अनुसार आज कातिक १६ देखि माघ १६ गतेसम्म सरकारी कार्यालय अपराह्न ४ बजेपछि बन्द हुनेछ ।
सरकारले राजपत्रमा सूचना प्रकाशित गरे अनुसार वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुने व्यवस्था छ ।
कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने व्यवस्था छ ।
Categorized in राष्ट्रिय