काठमाडौं । टयाङकर चालकहरुले आन्दोलन फिर्ता लिएपछि सरकारले केही दिन अघि लगाएको कोटा प्रणाली आईतबार हटाएको छ ।
उपभोक्ताले आजबाट मागेजति तेल पाईने नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताएका छन् ।
टयाङकरले मूल्यबृद्धि समायोजन गर्न माग गर्दै चालकहरुले तेल नबोक्ने चेतावनी दिँदै ढुवानी अवरुद्ध पारेका थिए ।
यस अघि असोज ५ बाट लागू हुनेगरी निगमले कोटाप्रणाली लागु गरेको थियो ।
Categorized in बजार