काठमाडौँ । आज देखि बैशाख २८ गते शुक्रवारसम्म काठमाडौंका विभिन्न स्थान विद्युत आपुर्ति बन्द हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले प्रकाशित गरेका सुचना विद्युतीय वितरण लाइन भूमिगत गर्न लागिएकोले विभिन्न स्थानमा बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकारणका अनुसार कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्न लागिएको छ ।
आज गोठाटार फिडर (जोरपाटी) वितरण केन्द्र अन्तर्गत फोर्स वसपार्कदेखि तेजविनायकसम्म विद्युत आपुर्ति उक्त समयमा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
सुचनाः

Categorized in प्रबिधि