८ भाद्र २०८३, सोमबार
Header

आजबाट बजेटमाथि छलफल, अर्थमन्त्रीले जवाफ दिने


प्रकाशित: आइतवार, २० जेठ २०८१, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि प्रस्तुत गरेको बजेटमाथि आजबाट छलफल सुरु हुँदैछ । 


प्रतिनिधि सभाले पनि सम्भावित कार्यसूचीमा बजेटमाथि छलफलको लागि बिहान ११ बजे बैठक बोलाइएको छ ।

 
अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा प्रस्तुत गरेको बजेटमाथि आइतबार, सोमबार र मंगलबार छलफल हुने र बुधबार अर्थमन्त्री पुनले जवाफ दिनेछन ।


त्यस्तै, राष्ट्रिय सभामा प्रस्तुत उक्त बजेटको राजश्व तथा वार्षिक अनुमानमाथि सामान्य छलफलका लागि १ः१५ बजे बैठक बोलाइएको छ । राष्ट्रिय सभामा ३ दिन बजेटमाथि छलफल सकेर २३ गते अर्थमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ ।


अर्थमन्त्री  पुनले आगामी आर्थिक २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex