३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

आजबाट पुष ५ सम्म विद्युत प्राधिकरणका बिलिङ काउन्टर बन्द


प्रकाशित: विहिवार, १ पुष २०७८, १०ः१६ बजे
- महानगरखबर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका बिलिङ सिस्टम अद्यावधिक गर्नुपर्ने भएकाले विहिवारदेखि बिलिङ काउन्टर बन्द हुने भएको छ ।


प्रधाकिरणले एक सुचना जारी गरी पुस ५ गते सम्म विलिङ काउन्टर बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । 


विद्युत प्राधिकरणका उपभोक्ताको २०७८ मंसिर महिनाको खपत अर्थात पुस १ गतेदेखिको रिडिङमा लागू हुने गरी नयाँ विद्युत महसुल निर्धारण भएको जारी सुचनामा जनाएको छ ।


परिवर्तित महसुल दर नेपाल विद्युत प्राधिकरणको एम–पावर विलिङ सिस्टममा पुस महिनादेखि एकसाथ लागू हुने गरी अद्यावधिक गर्नुपर्ने भएकाले आय संकलन काउन्टरहरु बन्द गर्नु परेको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex