१५ चैत्र २०८०, बिहिबार
Header

आजबाट पाटनको महापाल चोकबाट मछिन्द्र बहाल जाने बाटो वान वे 


प्रकाशित: मंगलवार, १८ फागुन २०७७, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । ललितपुर महानगरपालिकाले पाटन मंगलबजार क्षेत्रको महापाल चोकबाट इखालखु (मछिन्द्र बहाल, लगनखेल) तर्फ जाने बाटो मंगलवारदेखि वान वे गरिदिएको छ । 


यस रुटमा बिहान ८ बजेदेखि राति ८ बजेसम्म सबै सवारीसाधन वान वे गरिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताएका छन । 


महानगर प्रमुख चिरिबाबुले जारी गरेको पत्रमा ‘महानगर भित्रको सवारी चाप र साँघुरो बाटोका कारण सवारी आवागमनमा उत्पन्न समस्या न्यूनीकरणका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौं र ललितपुर महानगरपालिकाबीच भएको समन्वयका आधारमा महापालचोकबाट ईखालखुतर्फ जाने सबै सवारी साधनहरू फागुन १८ गते मंगलबारबाट लागू हुने गरी बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म प्रवेश निषेध गरिएको उल्लेख गरिएको छ । 


त्यसैगरी पैदल यात्रीलाई अवरोध हुने गरी सडक पेटीमा पार्किङ गरिएका सवारी साधनलाई कारवाही स्वरुप जरीवाना प्रकृयासमेत चाडै सुरू गरिने महर्जनले बताएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD