११ आषाढ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

आजबाट नयाँ नोट वितरण


प्रकाशित: आईतबार, २१ असोज २०७५, ०८ः२० बजे
- महानगरखबर


काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँका लागि आजबाट नयाँ नोट आजबाट वितरण सुरु गरेको छ । 


राष्ट्र बैंकले तीन सरकारी बैंकमार्फत निजी क्षेत्रका बैंक तथा वित्तिय संस्थाबाट नयाँ नोट साट्न पाउने व्यवस्था मिलाएको छ । 


राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रति ब्यक्ति २० हजार रुपैयाँसम्म उपलब्ध गराउने भएको छ । 


सर्वसाधारणको सुविधाका लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट पनि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने ब्यवस्था मिलाएको छ ।


नेपाल बैंकको काठमाडौं बैंकिङ अफिस, न्यूरोड, बालाजु, पाटन, किर्तिपुर र भक्तपुरबाट सटही सुविधा पाइन्छ भने राष्ट्र बाणिज्य बैंकको सिंहदरवार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्शाल शाखाबाट पनि सटही सुविधा लिन पाइन्छ ।


त्यसैगरी कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सटही सुविधाको व्यवस्था गरेको छ । 


राष्ट्र बैंकमै गएर साट्नेहरुले भने प्रति ब्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट पाउने छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex