काठमाडौं । आज मंगलवार (फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस) यही दिवसको अवसर पारेर देशभर पाठेघरको मुखको क्यान्सरविरूद्धको निःशुल्क ‘एचपिभी खोप’ अभियान सुरु गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा खोप अभियान सुरू गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अभियानको सुरुवात गरेको हो । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो।
आज महाराजगञ्जस्थित शिवपुरी उच्च माध्यमिक विद्यालयमा ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) अभियान सुरू गरिएको छ ।
नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ ।
विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो।
4 Ferbury 2025, Tuesday
Categorized in स्वास्थ्य