४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

आजबाट दशैं सुरु


प्रकाशित: बुधवार, २४ असोज २०७५, ०९ः३० बजे
- महानगरखबर

काठमाडौं । दशैंको पहिलो दिन घटस्थापना आज ( बुधवार ), घरघरमा आज जमरा राखिन्छ । 


विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरि जमरा राखेपछि दुशैँ सुरु भएको मानिन्छ । 


प्रत्येक वर्ष आश्विन शुल्क प्रतिपदादेखि सुरु हुने नेपालीको चाड दशैं घरघरमा जमरा भित्राएसँगै सुरु हुने गर्छ । 


आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ ।  


आज बिहानैबाट नुहाएर घरहसफा गरेर गाईको गोबरले  लिपपोत गरि शुद्ध बनाएर सजाउने गरिन्छ । आजघटस्थापनाको दिन बिशेष बिधि संगै जौ, गहु र मकैलाइ माटोमा छरिन्छ र टिकाको साइतमा फूलको रूपमा प्रयोग गरिन्छ ।


घटस्थापनाको उपलक्ष्यमा काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन्छ ।


आज बिहान सवा ७ बजेको उत्तम साइतमा हनुमानढोकाको दशैंघरमा घटस्थापना गरी जमरा राखिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex