७ बैशाख २०८१, शुक्रबार
Header

आजबाट खुल्यो काठमाडौंमा पसलहरु ! (फोटोफिचर)


काठमाडौं । लामो बन्दाबन्दी पछि काठमाडौं उपत्यकमामा पसलहरु खुलेका छन । 


सरकारले निषेधाज्ञा खुकुलो बनाएर आर्थिक गतिविधी चलायमान गराउने निर्णय गरेसँगै बजार, पसलहरु खुल्न थालेको छ ।

 


मंगलवारबाट उपत्यकमामा मंगलवारबाट विहान ११ बजेदेखि ४ बजेसम्म बार अनुसार पसल खोल्न पाईने भएपछि काठमाडौंको न्यूरोड, इन्द्रचोक, असन लगायतका क्षेत्रमा पसलहरु खुलेको छ । 
जोर विजोर प्रणाली अनुसार सवारी चलाउन पाउने भएपछि मानिसहरुको चहलपहल पनि बढेको देखिन्छ ।

 
उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको संयुक्त बैठकले आजदेखि एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेका थिए ।


आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्रीका पसल खोल्न दिइने निर्णय भएको छ ।

 


साथै सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, खेलकूद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट पसल खोल्न पाइने भएको छ ।


खाद्यान्न, दूध, किताब पसल लगायतका बिहान ११ बजेसम्म मात्र खोल्न दिइनेछ ।  रेष्टुरेन्ट,  होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन ।  


निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने भएको छ।



तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD