२० बैशाख २०८१, बिहिबार
Header

आजबाट काठमाडौं महानगरमा सुर्तीजन्य प्रदार्थको प्रयोगमा प्रतिबन्ध


प्रकाशित: बुधवार, २७ मंसिर २०८०, १०ः४० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरभित्र आज (बुधवार) बाट सुर्तीजन्य पदार्थहरुको प्रयोगमा प्रतिबन्ध लगाएको छ । 


महानगरले आफ्नै ३२ वटै वडामा सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए ।


मंसिर १२ गते महानगरले सार्वजनिक सुचना जारी गरी प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, बिँडी, तम्बाखु, सुल्फा, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न नपाइने जनाएको थियो ।


कसैले जारी सुुचनाको बर्खिलाप गरे अर्थात बिक्री वितरण गरेको पाइए नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गरी कारबाही गरिने सूचनामा उल्लेख छ ।


सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा पारिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको महानगरको स्वास्थ्य विभागले जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD