६ जेठ २०८१, आइतबार
Header

आजबाट काठमाडौं महानगरको बजार अनुगमन सुरु, चावहिलका २ पसललाई कारवाही


प्रकाशित: सोमवार, ८ कातिक २०७८, १६ः५० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सोमवारबाट तिहार लक्षित बजार अनुगमन सुरु गरेको छ । 


महानगरको ‘बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति’ले अनुगमनको क्रममा चावहिलका २ वटा मिठाइ पसल गुप्ता एण्ड गुप्ता स्वीट्स एण्ड चाटलाई र पूजा स्वीट हाउसलाई कारवाही गरेको छ । 


कृषि विभागका प्रमुख एवं निरीक्षण अधिकृत हरिबहादुर भण्डारीका अनुसार चाटलाई १० हजार र स्वटी हाउसलाई २० हजार जरिवना गरिएको छ । ती पसलहरुले दर्ता अनुमति नलिई, दर्ता गरे पनि दर्ता गरे पनि नविकरण नगरी व्यवसाय कारोवार र सञ्चालन गरेको, गुणस्तर मापदण्ड पूरा नगरेका कारण जरिवना गरिएको हो । 


अनुगमन गरिएका मिठाइ पसलहरुमा कोविडको स्वास्थ्य मापदण्ड पालना नगरिएको, भान्छाको सरसफाइमा ध्यान नदिएको, म्याद गुज्रिएका खाद्य बस्तु विक्री गरेको, अनुमति नलिइ मिठाइजन्य खानेकुरा प्याकेजिङ् गर्ने गरिएको भेटिएको भण्डारीले बताए । 


त्यस क्रममा पूजा स्वीट हाउसबाट उपभोग्य मिति गुज्रिएका २५० ग्राम तौल भएका हल्दिराम ब्राण्डका ५८ वटा प्याकेट जफत गरिएको छ । यसैगरी गुप्ता स्वीट एण्ड चाटबाट हल्दिराम ब्राण्डकै २५ प्याकेट र ४०० ग्रामका २० प्याकेट जफत गरिएको छ । 


त्यसैगरी सन्तोष स्वीट्समा प्रयोग गरिरहेको करीव ५ लिटर खान अयोग्य तेल नष्ट गरियो । त्यस्तै म्याद गुज्रिएको सोना पापड ९ प्याकेट, मुग दाल ७ प्याकेट, विकिनी पञ्जावी तड्का ४ प्याकेट, विकिनी भुजिया ४ प्याकेट, विकिनी मिक्स ९० प्याकेट जफत गरिएको अनुगमन समितिका अधिकारीले जनाएको छ । 


खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक कौशल ओझाले व्यापारीले व्यवसायिक धर्म र सामाजिक दायित्व निर्वाह गरेको आफूलाई महसुस भएको बताए । 


ओझाले टीवीएम उपकरणको प्रयोग गरेर तेलको गुणस्तर र आइआर थर्मोमिटरको प्रयोग गरेर फ्रिज र तेलको तापक्रम परीक्षण गर्नुभएको थियो । सन्तोष स्वीट्सले प्रयोग गरेको तेल अखाद्य भएको यही उपकरणका मद्दतबाट पत्ता लगाइएको थियो ।


ंअनुगमनबाट देखिएको बजारको अवस्थाका बारेमा प्रतिक्रिया दिँदै उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले मध्यम खालका मिठाइ पसलले गुणस्तरीय खाद्यबस्तुमा विक्रीमा ध्यान नदिएको भेटिएको बताए । 


म्याद सकिएका सामान सोकेसमा सजाइएका छज । भान्छा अँध्यारो छ । भान्छामा प्रयोग हुने मरमसला, पीठो, रङ्गजस्ता सामाग्रीको म्याद सकिए पनि प्रयोग भइरहेको छ । तिमल्सिना ले भने, ‘धेरैजसो उपभोक्ताले यस्तै पसलबाट मिठाइ किनेर प्रयोग गर्छज । यसरी हेर्दा धेरै उपभोक्ताले गुणस्तरहीन मिठाइ खाइरहेका छन ।’


महानगरले नियमनकारी कार्यालयका प्रतिनिधिहरुलाई सहभागी गराएर एकीकृत अनुगमन गर्ने योजनाअनुरुप आजदेखि तिहारलक्षित अनुगमन सुरु गरेको हो । 


तस्वीरः चन्द्रमणी भट्टराई
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD