१६ चैत्र २०८०, शुक्रबार
Header

आजबाट काठमाडौं खुला दिसामुक्त जिल्ला


प्रकाशित: मंगलवार, ३१ भाद्र २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारले मंगलवार राजधानी काठमाडौंलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्दैछ ।


दिउँसो २ बजे भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा एक औपचारिक कार्यक्रम गरी काठमाडौंलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिन लागिएको हो । 


यस अघि उपत्यकाको भक्तपुरलाई २०७० साल कात्तिकमा र ललितपुरलाई २०७५ जेठमा खुला दिसामुक्त घोषणा गरिएको थियो । 


सरकारले गर्ने यस निर्णयले भने काठमाडौंमा अझै खुला दिसामुक्त जिल्ला हुने आशंका रहेको छ । 


राजधानीमा सार्वजनिक शौचालय अभाव उत्तिकै रहेके छ र भएको पनि व्यवस्थित नभएकाले खुला दिसामुक्त घोषणा कार्यान्वयन हुनेमा शंका छ ।


त्यसैगरी  महोत्तरी र कपिलवस्तु जिल्लालाई पनि खुला दिसामुक्त घोषणा गर्न लागिएको हो । सरकारले सरसफाइ गुरुयोजना २०६८ लागू गरेर खुला दिसामुक्त अभियान सुरु गरेको थियो । 


सरकारले यही असोज १३ गते नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने तयारी गरेको छ । 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD