७ बैशाख २०८१, शुक्रबार
Header

आजबाट कांग्रेसको १४ औं महाधिवेशन सुरु


प्रकाशित: शुक्रवार, २४ मंसिर २०७८, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसको चौधौ महाधिवेशन शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । 


आज दिउँसो १ बजे महाधिवेशनको औपचारिक उदघाटन हुने भएको छ । महाधिवेशनका सहभागीका लागि देशभरीका प्रधिानिधीहरु काठमाडौं आईसकेको कांग्रेसका प्रचार प्रसार समितिले जनाएको छ । 


महाधिवेशनका सहभागीको लागि विदेशबाट पनि प्रतिनिधिहरु आएको समितिले जानकारी दिए । 


मंसिर २६ गतेसम्म चल्ने महाधिवेशनले कांग्रेसको नयाँ केन्द्रिय समिति चयन गर्ने छ । सभापतिका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, विमेलेन्द्र निधि, प्रकाशमान सिंह, रामचन्द्र पौडेलको नाम चर्चा छ । 

त्यसैगरी महामन्त्रीका लागि युवा नेता गगन कुमार थापा, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा लगायतका युवा पुस्ता मैदानमा उत्रेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD