१३ भाद्र २०८३, शनिबार
Header

आजबाट कांग्रेसको जागरण अभियान, नेवारीसहित १२ भाषामा जागरण गीत


प्रकाशित: बुधवार, २५ बैशाख २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई खवरदारीसँगै पाटी सुदृढीकरण गर्ने उद्देश्यसहित बुधवारबाट जागरण अयियान सुरु गर्ने गर्दैछ । 


कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका गलत निर्णयहरुलाई जनतामा सक्षम लगेर दवाव सिर्जना गरिने र पार्टीको आन्तरिक विवादहरुलाई कम गरी पार्टी सुदृढ पार्ने बताए । 


कांग्रेसको जागरण अभिायन बर्ष भरी रहेको बताएको छ । ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको अभियान ३ चरणमा पुरा गरिने प्रवक्ता शर्माले बताए । 


पहिलो चरणअन्तर्गत ७७ जिल्लामा,  दोस्रोमा ३ सय ३० प्रदेश र तेस्रोमा ७ सय ५३ स्थानीय तहमा अभियान सञ्चालन गर्ने कांग्रेसले बताएको छ । 


प्रवक्ता शर्माले लेखेको जागरण गीत नेवारी लगायत १२ भाषमा गाईने भएको काग्रेसले जनाएको छ । 


पार्टी सभापति शेरबहादुर देउवाले मध्याह्न १२ः३० मा जागरण अभियानको उद्घाटन हुँदैछ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex