काठमाडौं । कोभिड–१९ (कोरोना भाईरस) को कारण ७ महिनादेखि बन्द हवाई उडान सोमवारदेखि सुरु भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वास्थ्य सुरक्षाका मापदण्ड निर्धारण गरी उडान गर्नका लागि एयरलाइन्सहरूलाई उडान अनुमति दिएको हो ।
प्राधिकारणका अनुसार सामान्य अवस्थाको तुलनामा २५ प्रतिशतमात्र उडान हुने र वमानस्थलको भीड व्यवस्थापन तथा मागका आधारमा उडानको कोटा निर्धारण गरिएको छ ।
उडानको क्रममा यात्रुहरुले अनिवार्य रुपमा मास्क, भाइजर अनिवार्य लगाउनुपर्ने छ ।
Categorized in राष्ट्रिय