७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

आजबाट अध्यागमन विभागले दैनिक १२ घण्टा सेवा दिने 


प्रकाशित: सोमवार, १ फागुन २०८०, ०९ः५०बजे
- महानगरखबर

काठमाडौं । अध्यागमन विभागले ई–भिसा सुरु गरेपछि सेवालाई सहज बनाउन फागुन १ गतेबाट दैनिक १२ घण्टा सेवा प्रवाह गर्ने भएको छ । 


विभागले विहान ८ बजेदेखि बेलुुका ८ बजेसम्म हप्ताको ७ दिन सेवा दिने भएको हो । 


यसअघि कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममात्र सेवा प्रवाह हुँदै आएको थियो भने सार्वजनिक विदाको दिन विदा हुने गर्दथ्यो ।


स्वदेश तथा विदेशमा रहेकाहरुलाई सहज र छिटो सेवा प्रवाह गर्नका लागि सो समय थप गरिएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताए ।


उनका अनुसार युरोप, अमेरिकामा रहेकाहरु उठ्ने बेला हाम्रो सुत्ने बेला हुन्छ, टाइमिङ नमिल्दा छिटो भिसा नपाउने जस्ता समस्या देखिएकोलेदसमय थपेर सेवा प्रवाह सुरु गरिएको हो ।


विभागले जारी गरेको सुचना अनुसार थप गरिएको समयमा नेपाल आगमन पूर्व ई–भिसाको लागि आवेदन र स्वीकृती, पर्यटक भिसा थप, गैह्रपर्यटक भिसाबाट पर्यटक भिसामा रुपान्तरण, गैह्रपर्यटक भिसा जारी र ट्रेकिङ परमिट जारी गर्ने काम हुने छ । 


ई–भिसाको लागि आवेदन तथा प्राप्ति प्रक्रियाका लागि विभागको वेबसाइटमा अपलोड गरिएको तरिका हेर्न विभागले भनेको छ ।


त्यसैगरी, बिहान १० बजेदेखि अघि र साँझ ५ बजेपछि भने भिसा शुल्क भुक्तानी अनलाइन प्रणालीमार्फत् मात्र गर्न सकिने सूचनामा उल्लेख छ । 


फोन पे, कनेक्ट आईपीएस र वालेटतर्फ खल्ती र ई–सेवाबाट भुक्तानी गर्न मिल्ने विभागले जनाएको छ ।

 



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex