काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बुधवार एक सुचना जारी गरी आजबाट पुस ५ गते सम्म काठमाडौंको विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने जनाएको छ ।
प्राधिकरणका अनुासर ११ बजेदेखि दिउँसो ३ बजेसम्म ५ घण्टा सटडाउन गरिने भएकाले ती फिडरअन्तर्गतका क्षेत्रहरुमा विद्युत अवरूद्ध हुने भएको हो ।
आज कीर्तिपुरको रोपवे फिडर सट डाउन गरिनेछ । त्यसले बल्खु करिडोर क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ ।
बिहीबार मच्छेगाउँ फिडर अन्तर्गतका भत्केकपाटीदेखि राराहिल चोक क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ । शुक्रबार रोपवे फिडरको कीर्तिपुर रिङरोड क्षेत्र र शनिबार बाफल फिडर अन्तर्गतका स्वयम्भू क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ ।
विद्युत जाने सुचना तालिकाः

Categorized in प्रबिधि