६ जेठ २०८१, आइतबार
Header

आजदेखि पाटन दरवार क्षेत्रको मन्दिरमा बस्न निषेध


प्रकाशित: शनिवार, २० साउन २०८०, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरपालिकाले पाटन दरवार स्क्वायरका तत्काल २ वटा मन्दिरमा बस्न निषेध गरेको छ । 


आज (शनिबार) देखि विश्वनाथ मन्दिर र हरिशंखर मन्दिरमा बस्न निषेध गरिएको महानगर प्रहरी प्रमुख सीताराम हाथेछुले बताए ।


मन्दिरहरुमा वसेर जोडीहरुले अनैतिक क्रियाकलाप गरेको भन्ने स्थानीयको गुनासो आएपछि महानगरले ती मन्दिरहरुमा बस्न निषेध गरेको हो । 


शुक्रवार मात्र स्थानीयले मन्दिर परिसमा जोडीहरुले गर्ने गरेको अनैतिक गतिविधि विरुद्ध विरोध गर्दै त्यस्ता जोडीहरुलाई धपाएका भिडियो पनि समाजिक सञ्जालमा देखिएको छ । 


सो गतिविधि अबदेखि नहुन महानगर प्रमुख चिरिबाबुु महर्जनले मन्दिरमा बस्न रोक लगाउन निर्देशन दिएपछि मन्दिरमा अहिले ‘नो इन्ट्री’ को बोर्ड राखिएको हाथेछुले बताए । 


अहिले मन्दिर परिसरमा अनैतिक गतिविधि हुन थालेको भन्दै महानगरले बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्मको लागि मन्दिरहरूमा महानगर प्रहरी खटाउन लागेको छ । 


दरबार स्क्वायर क्षेत्रमा सिसिटिभीबाट पनि निगरानी गरिएको हाथेछुले जानकारी दिए । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD