२१ बैशाख २०८१, शुक्रबार
Header

आजदेखि पशुपतिनाथको यी क्षेत्रमा मासु, मदिरा निषेध


प्रकाशित: विहिवार, २१ मंसिर २०८०, १३ः४० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंसिर २१ विहिवार देखि पशुपतिका केही क्षेत्रहरुमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरेको छ ।

 
बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व) लाई मध्यनजर गर्दै प्रशासनले पशुपतिनाथको चार किल्ला तोकेर मंसिर २७ गतेसम्म मासु, मदिरा र नसालु पदार्थ निषेध गरेको हो । 


प्रशासनले एक सुचना जारी गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर र मित्रपार्क –उमाकुण्ड –गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिण भित्रका सबै भागमा ती पदार्थ निषेध गरिएको हो । 


बालाचतुर्दशी पर्वमा सुरक्षा लगायत धार्मिक, साँस्कृतिक, मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले ती पदार्थ  उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन समेत गर्न नपाउने सूचनामा उल्लेख छ ।


कोही कसैले उक्त प्रावधानको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानून बमोजिम कारवाही गरिने चेतावनी सूचनामार्फत दिइएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD