२६ फाल्गुण २०८२, मंगलबार
Nepal Bank AD 2082 mansir

आजदेखि डिजेल तथा मट्टितेलमा नयाँ मुल्य लागु


प्रकाशित: सोमवार, १६ भाद्र २०८२, ०८ः१३ बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । 


भारतीय आयल कर्पोरेसन (आइओसी) ले आइतबार पठाएको खरिद मूल्यअनुसार निगमले नयाँ मूल्य तोकेको हो । 


निगमले सोमबार राति १ बजेदेखि लागू हुने गरी डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ, आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले मूल्य घटाएको जनाएको छ ।


पेट्रोल र एलपी ग्यासको खुद्रा मूल्य भने यथावत राखिएको निगमले जानकारी दिएको छ ।


नयाँ मूल्य सूची


पहिलो वर्ग (चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी): डिजेल–मट्टितेल प्रतिलिटर १४२ रुपैयाँ ५० पैसा


दोस्रो वर्ग (सुर्खेत, दाङ): प्रतिलिटर १४४ रुपैयाँ


तेस्रो वर्ग (काठमाडौं, पोखरा, दिपायल): प्रतिलिटर १४५ रुपैयाँ


त्यस्तै, आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपैयाँ निर्धारण भएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धन काठमाडौंका लागि प्रतिकिलोलिटर ९६६ अमेरिकी डलर, पोखराका लागि ७७२ डलर र भैरहवाका लागि ६५९ डलर तोकिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex