आजदेखि एनटीसीले सापट दिने
काठमाडौं । नेपाल टेलिकको आयोजित एक कार्यक्रमकाबीच सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले ‘नमस्ते क्रेडिट सेवा’ को उद्घाटन गरे ।
टेलिकमले सापटी लिन मिल्ने सेवा अन्तर्गत आफ्ना नमस्ते प्रिपेड मोबाइल प्रयोगकर्तालाई यस्तो सुविधा प्रदान गरेको हो । ग्राहकले ५ रूपैयाँदेखि ४० रूपैयाँसम्म सापटी स्वरुप ब्यालेन्स पाउनेछन् । ब्यालेन्स सकिएका सबै प्रिपेड ग्राहकमा यो सेवा स्वतः लागू हुनेछ ।
नमस्ते क्रेडिट सेवा लिन प्रयोगकर्ताले आफूले कति रकम बराबरको सेवा लिन सकिन्छ भन्ने जानकारी पाउन आफ्नो मोबाइलमा status टाइप गरी १४७७ मा sms पठाउनुपर्ने हुन्छ ।
यो सुविधाअन्तर्गत पाँच रुपैयाँदेखि ४० रुपैयाँसम्मको ‘क्रेडिट टक टाइम’ को सुविधा प्रदान गर्ने टेलिकमले जनाएको छ ।
सेवा स्वत एक्टिभ हुने भएकाले यो लिन नचाहनेले stop टाइप गरी १४७७ मा एसएमएस पठाउन सक्नेछन् ।
ग्राहकले ब्यालेन्स सकिएपछि प्रयोग गरेको ‘टक टाइम’ बराबरको पैसा भने पछि रिचार्ज गरेपछि प्राप्त ‘ब्यालेन्स’बाट काटिने टेलिकमले जनाएको छ । यो सुविधामा ग्राहकपिच्छे फरक फरक रकमको सीमा तोकिएको छ । सापटीबापत पाइने रकम डाटा र sms पनि प्रयोग गर्न सकिनेछ ।
यो सुविधा टेलिकमको प्रिपेडमा मात्रै लागू गरिएको हो । नेटवर्कमा सीम ‘एक्टिभ’ भएको तीन महिना पुगेकाले मात्रै यो सेवा पाउनेछन् ।
Categorized in राष्ट्रिय