काठमाडौँ । सार्वजनिक सवारी सधानको लागि आज(बुधवार) देखि असोज ३१ गतेसम्म इजाजत पत्र ( रुट परिमिट ) खुला गरेको छ ।
यातायात व्यवस्था विभागले नेपालीहरूको महान पर्व दशैँ, तिहार र छठ नजिकिएसँगै काठमाडौँ बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन आजदेखि असोज ३१ गतेसम्मलाई इजाजत पत्र (रुट परमिट) खुला गरेको जनाएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले रुट परमिट खुला भएसँगै चाडबाडको समयमा यात्रुलाई सुरक्षित गन्तव्यमा ल्याउन तथा लैजानका लागि सहज हुने बताए ।
त्यसैगरी विभागले चाडपर्वको समयमा ठूला सवारी साधनलाई सञ्चालनमा समेत रोक लगाएको छ ।
ठूला सवारी साधन बाटोमा गुड्दा अरु सवारी साधनलाई आवागमनमा समस्या हुने भएकाले आजदेखि असोज ३१ गतेसम्म नारायणघाटबाट काठमाडौँ आउने ठूला सवारी साधनलाई रोक लगाएको हो ।
Categorized in बजार