१२ श्रावण २०८१, शनिबार
Header

आजदेखि असार ३ गतेसम्म काठमाडौंका यी स्थानमा बत्ति अवरुद्ध हुने


प्रकाशित: शनिवार, २६ जेठ २०८१, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । विद्युतीय तार भूमिगत गर्नका लागि नेपाल विद्युत प्राधिकरणले काठमाडौंको विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द गर्ने भएको छ । 


प्राधिकरणले जारी गरेको सुचना अनुसार शनिवार बबरमहल फिडर अन्तर्गत सैनिक मुख्यालय, सुन्धारा टेलिकम, भन्सार विभाग, पशु अस्पताल, रानीपोखरी प्रहरी र स्वास्थ्य मन्त्रालय आसपास आज ६ घन्टा विद्युत अवरूद्ध हुने जनाएको छ ।


बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बत्ति अवरुद्ध हुने भएको छ । प्राधिकरणका अनुसार १८ गते सोमबार कालिकास्थान , ३० गते बुधबार भीमसेनस्थान, ३२ गते गैरीधारा, असार २ गते पानीपोखरी र ३ गते सामाखुशी फिडर अन्तर्गतका क्षेत्रमा विद्युत अवरूद्ध हुने हुनेछ ।


सुचनाः 

 


 

asteriskhubs
Home Page Bottom Second


matribhasa patrakarita
nepal bhasa AD
chunikhel ad
maharjan complex