११ आषाढ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

आचारसंहिता उल्लंघनमा ५१ जनासँग निर्वाचन आयोगको स्पष्टीकरण


प्रकाशित: बुधवार, २८ माघ २०८२, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को सन्दर्भमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले हालसम्म ५१ जनासँग स्पष्टीकरण सोधेको छ । 


आयोगले २१ फागुनमा निर्धारित निर्वाचनलाई लक्षित गर्दै माघ ४ गतेदेखि आचारसंहिता लागू गरेको थियो । 


आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार स्पष्टीकरण सोधिएकामध्ये ३० जनाले मात्रै जवाफ बुझाएका छन् भने २१ जनाले अझै स्पष्टीकरण पेश गरेका छैनन् । 


ती व्यक्तिहरूलाई चाँडो जवाफ बुझाउन ताकेता गरिएको आयोगले जनाएको छ ।


जीसीले केही व्यक्तिलाई दोहोर्‍याएर पनि स्पष्टीकरण सोधिएको जानकारी दिए । 


उनका अनुसार आचारसंहिता उल्लंघन गरेको देखिएमा आयोगले सम्बन्धित पक्षसँग स्पष्टीकरण माग्ने र प्राप्त जवाफका आधारमा आवश्यक जाँचबुझ गरी कारबाहीको निर्णय गर्ने व्यवस्था छ ।


निर्वाचन आयोगले तोकेको आचारसंहिताविपरीत गतिविधि नगर्न र निष्पक्ष तथा मर्यादित निर्वाचन सुनिश्चित गर्न सबै सरोकारवालालाई निर्देशन दिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex