१३ भाद्र २०८३, शनिबार
Header

आचर्य श्रीनिवासको धार्मिक हिंसा भड्काउने योजना तुहियो


प्रकाशित: सोमबार, २४ बैशाख २०७५, १८ः३७ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । नेपालमा धार्मिक हिंसा भड्काउने ग्रयाण्ड डिजाईन बुनेका हिन्दू धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेको छ ।

 
मोरङ प्रहरीको टोलीले श्रीनिवासलाई काठमाडौंबाट पक्राउ गरेको हो ।  आचार्यमाथि चैत २५ गते मोरङको रानी जतुवामा रहेको जानकी मन्दिरमा सप्ताह लगाउन पुगेका श्रीनिवासमाथि गोली प्रहार भएको थियो । तर, अनुसन्धानका क्रममा आफैंले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि आचार्यलाई पक्राउ गरिएको हो ।


बिहिबार मोरङ प्रहरीले माधव चौधरी र लक्ष्मी अधिकारीलाई पक्राउ परेको गरी अनुसन्धन गर्दा धर्मगुरू आफैंले आफूहरूलाई गोली हान्न लगाएको बयान दिएपछि उनलाई पक्राउ गरेको हो ।

 
धर्मगुरू काठमाडौं हुँदै भारत जान लागेका थिए ।

 
नेपाललाई धर्म्निरेपक्ष राष्ट्र घोषण विरुद्ध आन्दोलन अभियान चलाएका आचार्य बैदिक सनातन हिन्दु जागरण अभियानका संरक्षक पनि हुन् । सुनसरीको प्रकाशपुर आश्रममा बस्ने आचार्य २०७२ साल साउनमा हिन्दु राष्ट्र घोषणा हुनुपर्छ भन्दै सुरु भएको आन्दोलनमा इटहरीबाट प्रहरीको गिरफ्तारीमा परेका थिए । 
 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex