७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

आगामी प्रधानमन्त्री शेरबहादुर देउवा नै होः परराष्ट्रमन्त्री आरजु


प्रकाशित: विहिवार, १३ भाद्र २०८१, १२ः४० बजे
- महानगरखवर

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले आगामी प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने बताएकी छन ।


विहिवार धनगढीमा आयोजित पत्रकार भेटघाटमा उनले सो कुरा बताएकी हुन ।

 
आरजुले भनिन, ‘प्रधानमन्त्री बन्न पहिले संसदीय दलको नेता बन्नुपर्छ । बाहिरबाट हेर्दा एउटा देखिएला तर, पार्टीभित्रै मेरो हैसियत कति छ मलाई थाहा छ । राम्रो कल्पना हो ।’


केही समय प्रधानमन्त्री केपी शर्मा ओलीले महिला प्रधानमन्त्री बनाउन चाहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । 


कांग्रेसबाट भने आगामी प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने उनले उल्लेख गरिन । 


‘हाम्रो पार्टीको अब अर्को प्रधानमन्त्री बन्ने भनेको शेरबहादुर देउवा जी नै हो,’ आरजुले भनिन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex