१४ बैशाख २०८१, शुक्रबार
Header

आगामी आ.व. २०७९/०८० को बजेट कार्यतालिका तयार


प्रकाशित: बुधवार, २३ चैत्र २०७८, २०ः३० बजे
- महानगरखबर

काठमाडौ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९÷८० बजेटको कार्यतालिका तयार पारेको छ । 


बजेटको कार्यतालिका अनुसार जेठ ८ गते राष्ट्रपतिसमक्ष बजेट ब्रिफिङ गरिनेछ । बजेटको रातो किताब जेठ १० गते भित्र छपाई गर्न प्रेस पठाउने तयारी गरेको छ । 


विनियोजन विधेयकका सिद्धान्तहरु वैशाख २० गते संसदको दुवै सदनमा पेश गरिनेछ भने वैशाख २  देखि १५ सम्म पूर्वअर्थमन्त्री तथा अर्थशास्त्रीहरुसँग छलफल गर्ने तालिका मन्त्रालयको छ । 


वैशाख ३० मा सार्वजिक संस्थान र मन्त्रालयको प्रगति विवरण छाप्ने तालिका बनेको छ । 


जेठ ८ मा व्यय अनुमान र खर्च शिर्षकगत अनुमानको अंक रुजुसहित अन्तिम मस्यौदा तयार हुनेछ । जेठ १२ गते आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रुप दिने तयारी छ । 


यस्तै, जेठ १३ मा स्रोत पुस्तिका छपाइका लागि प्रेसमा पठाइनेछ । जेठ १४ गते संसदको दुवै सदनमा आर्थिक सर्वेक्षण र संस्थानको प्रगति विवरण प्रस्तुत गरिनेछ । 


जेठ १५ गते संसदको दुवै सदनमा बजेट प्रस्तुत गरिनेछ । बजेट ल्याउन ५७ दिन बाँकी रहँदा मन्त्रालयले कार्यतालिका तयार गरेको हो । 


संविधानमा व्यवस्था भए अनुसार सरकारले जेठ १५ गते प्रतिनिधिसभामा बजेट प्रस्तुत गर्नु पर्ने छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD