१३ बैशाख २०८१, बिहिबार
Header

आगंछेँ (आगमघर) शिलान्यास 


प्रकाशित: सोमबार, १९ फागुन २०७६, १८ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले सोमबार आगंछेँ (आगमघर) शिलान्यास गरेका छन ।


आगंछेँ (आगमघर) शिलान्यासको क्रममा प्रमुख शाक्यले नगरको पहिचान बनिसकेका गुठी–गाना, कला, संस्कृतिहरू संरक्षणका लागि महानगरले गर्ने बताए ।


प्रमुख शाक्यले काठमाडौँ महानगरपालिका अहिले मुर्त–अमुर्त सम्पदा संरक्षणका लागि महानगर सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।


सो अवसरमा प्रमुख शक्यले गुठी विधेयक बारे पनि चर्चा गरेका थिए । गुठी विधेयकका विषयमा सरोकारवालाहरुले सरकारसँग स्पष्ट रुपमा आफ्ना भनाईहरु प्रस्तुत गर्नुपर्ने सुझाव समेत प्रमुख शाक्यले दिए । 


प्रत्येक वर्ष इन्द्रजात्राका बेला निकालिने दीप्याखं (देवीनाच) को आगंछेँ (आगमघर) शिलान्यास प्रमुख शाक्यले गरेका हुन । 


काठमाडौँका विभिन्न नाच मध्ये देवी नाच पनि एक महत्वपूर्ण र ऐतिहासिक नाच भएको र यो नाचलाई दैत्य र कुमारी बीचको युद्ध जसलाई युद्ध नाच पनि भनिन्छ । 


आगमघरलाई काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा १ करोड बजेट विनियोजन गरेको छ । निर्माण सम्पन्नको लागि करीब ७ करोड लाग्ने अनुमान गरिएको छ । 


देवी नाच (दी प्याखं) प्रवद्र्धन तथा संरक्षण समितिका अनुसार पाँच तलाको सो आगमघरलाई संग्रहालयका रुपमा समेत विकास गर्ने योजना सुनाए । 


सो अवसरमा शहरी विकास राज्यमन्त्री रामबीर मानन्धर विशेष आथितीको रुपमा सहभागी भएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD