काठमाडौं । सर्वसाधरणहरुले आकासे पुल तथा जेब्रा क्रसिङबाट बाटो नकाटी जथाभावी बाटो प्रयोग गरेपछि महानगरिय ट्राफिक महाशाखाले सर्वसाधरणलाई प्रशिक्षण दिने भएको छ ।
महाशाखाले जेब्रा क्रसिङ र आकाशे पुलबाट मात्रै बाटो काट्ने बानीको विकास गर्नका लागि यो अभियान थालेको जनाएको छ । विभिन्न चोकहरुमा जेब्राक्रस तथा आकाशे पुल प्रयोग नगर्ने पैदलयात्रुलाई सडक पेटीमा ल्याएर प्रशिक्षण दिने भएको हो ।
महाशाखाका अनुसार बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ४ बजेदेखि साढे ६ बजेसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
Categorized in समाज