२२ बैशाख २०८१, शनिबार
Header

आकाश भैरव मन्दिर तलको लस्सी लगायतका पसलहरु हटाइयो


प्रकाशित: मंगलवार, २३ असोज २०८०, १२ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको इन्द्रचोकस्थित आकाश भैरब मन्दिर तल रहेको पसलहरु खाली गरिएको छ । 


मन्दिर तल रहेका ४ वटा लस्सी पसल, २ वटा जुत्ता पसल र एक मोवाईल पसल १८ गते विहिवारबाट पूर्ण रुपमा खाली गरिएको हो । 


विगतदेखि नै मन्दीर तलको पसललाई लिएर स्थानीय, अभियान्ताहरुले पसल हटाउन आग्रह गर्दै आएको थिए । मन्दिर तल पसल राख्दा फोहोर हुने, राम्रो पनि नदिने उनीहरुको भनाई थियो । 


सो पसलहरु हटाउन यस अघिनै सरोकारवाल निकाय हनुमानढोका दरवार संरक्षण समितिले पनि पत्राचार गरिसकेको थियो । 


पसलहरुको कारण मन्दिर परिसरमा एकदमै भिडभाड हुने साथै ट्राफिक व्यवस्थानमा अप्ठेरो पर्ने गरेको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD