१३ बैशाख २०८१, बिहिबार
Header

आकस्मिक रक्तदान कार्यक्रमबाट ९ सय युनिट रगत संकलन


प्रकाशित: सोमबार, २४ चैत्र २०७६, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)को आयोजना सुरु भएको आकस्मिक रक्तदान कार्यक्रमबाट ९ सय युनिट रगत संकलन गरिएको छ । 


विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का कारण देशभर लकडाउन भएको अवस्थामा उपचारको क्रममा रगत आवश्यक पर्ने विरामीका लागि चैत १४ गतेबाट रगत संकलन कार्य सुरु गरिएको हो । 


रगत व्यवस्थापन गर्न सहजताको लागि ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) को पहलमा केन्द्रीय रक्तसञ्चार सेवा तथा भक्तपुर रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा आकस्मिक घरदैलो रक्तदान कार्यक्रमको सुरुवात गरेको हो ।


ब्लोदानले रक्तदान गरी सहयोग गर्न हुने सम्पूर्ण स्वयंसेवी रक्तदाताहरूलाई यस्तो विषम परिस्थितिमा पनि रगत दान गरी कसैको अमुल्य जीवन बचाउने कार्यमा पु¥याउनु भएको मानवीय कार्यको लागि हार्दिक धन्यवाद समेत दिएका छन ।  


रक्तदाताहरुलाई रक्तदान गर्न आउनेले मास्क लगाउने, पन्जा लगाउने, सामाजिक दुरी (न्युनतम ३ फीट)  कायम गर्ने, शरीर पुरा ढाक्ने लुगा लगाउने, खुट्टा पुरा छोप्ने किसिमको जुत्ता लगाउने तथा सानिटाइजरले हात धुने आदि जस्ता सुरक्षामा ध्यान दिनुहुन पनि ब्लोदानले आग्रह गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD