८ बैशाख २०८१, शनिबार
Header

आईसोलेसन सञ्चालनको लागि महानगर र नरदेवी अस्पतालविच सम्झौता


प्रकाशित: सोमवार, २७ बैशाख २०७८, १७ः०० बजे
- अजय खड्गी

काठमाडौँ । कोभिड उपचारको लागि आईसोलेसन सञ्चालनको लागि काठमाडौं महानगरपालिका र नरदेवी आयुर्वेदिक अस्पतालविच एक सम्झौता भएको छ । 


सोमवार अक्सिजनसहितको एचडीयु (हाइ डिफिसेन्सि युनिट) सेवा र आइसोलेसन केन्द्र केन्द्र सञ्चालनका लागि सम्झौता भएको महानगरपालिकाले जनाएको छ । 


सम्झौताबमोजिम अस्पतालले आफूसँग रहेका भौतिक पूर्वाधार, मौजुदा जनशक्ति र अन्य साधन स्रोतको उपयोग गरेर अक्सिजनसहितको एचडीयु (हाइ डिफिसेन्सि युनिट) सेवा र आइसोलेसन केन्द्र सञ्चालन गर्नेछ भने महानगरले यसका लागि आवश्यक खर्च अनुदानका रुपमा उपलब्ध गराउनेछ ।


सम्झौतापछि महानगर प्रमुख शाक्यले मानवीय क्षति हुन नदिन महानगरले सरकारी र सामुदायिक अस्पतालको क्षमता बढाउन सहयोग गरिरहेको बताए । 


सो अवसरमा स्पतालका निर्देशक डा. प्रदीप के. सी. ले आफूहरु महामारी नियन्त्रणका लागि सिपाही भएको र युद्धबाट नभाग्ने बताउँदै महानगरको सहयोगबाट उत्कृष्ट र व्यवस्थित सेवा दिने प्रयास गर्ने भनाई राखे । 


महानगरका प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र अस्पतालका निर्देशक डा. प्रदीप के. सी. ले सम्झौता पत्रमा हस्ताक्षर गरे । 


अस्पताललाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त रकममा नपुगेको रकम शोधभर्ना स्वरुप महानगरले उपलब्ध गराउनेछ ।


पहिलो चरणमा जेठ १ गतेबाट ५० बेडबाट अक्सिजनसहितको आईसोलेसन सेवा सुरु गरेर यसलाई विस्तार गर्दै लैजाने सहमति पत्रमा उल्लेख छ । 


आईसोलेसनको ब्यवस्थापनका लागि दुवै पक्षबाट २ ÷२ जना प्रतिनिधि रहने आईसोलेसन ब्यवस्थापन समिति गठन गरिनेछ । समितिले आईसोलेसन संञ्चालन ब्यवस्थापनको समग्र ब्यवस्थापन गर्नेछ ।


सो असरमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्षहरु दिपक के। सी।, न्हुच्छकाजी महर्जन, चिनीकाजी महर्जंन, मचाराजा महर्जनसहित अधिकारीहरु रहेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD