२५ माघ २०८१, शुक्रबार
Nepal Bank AD

आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा नेपालको हार


प्रकाशित: शनिवार, ५ माघ २०८१, १६ः२० बजे
- महानगरखवर

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालको हार भएको छ ।

 
बंगलादेशले नेपाललाई ५ विकेटले हराएको हो । नेपालले दिएको ५३ रनको लक्ष्य बंगलादेशले १३.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । बंगलादेशका लागि सादिया अक्तरले १६ रन बनाइन् । कप्तान सुमैया अक्तरले १२ रन बनाइन् भने अफिया अशिमाले अविजित ९ रन बनाइन् ।


नेपालका लागि रचना चौधरी, रिया शर्मा, पुजा महतो र सिमाना केसीले एक–एक विकेट हात पारे ।


नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग सोमबार खेल्ने छ ।

 

18 January 2025, Saturday

asteriskhubs
Home Page Bottom Second


Nepal Bank AD
maharjan complex