१२ बैशाख २०८१, बुधबार
Header

आईतवार विश्वकप उपाधिको लागि अर्जेन्टिना र फ्रान्स भिड्दै


प्रकाशित: विहिवार, २९ मंसिर २०७९, २०ः०० बजे
- महानगरखबर

काठमाडौँ । आगामी पुुस ३ गते आईतवार विश्वकप फुटवल–२०२२ उपाधिको लागि अर्जेन्टिना र फ्रान्सविच भिडन्त हुने भएको छ । 


फाइनल खेल आइतबार नेपाली समयअनुसार साँझ पौने ९ बजे सुरु हुनेछ । गए राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो ।


कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले हराएको थियो ।


यसअघि अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलअन्तरले हराएर फाइनल यात्रा तय गरेको हो । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD